फेस्बुक तस्बीर अनि पोष्ट
फेस्बुक तस्बीर अनि पोष्ट "मेरो उपस्थिति, हुनु र नहुनुले केहि फरक पर्छ र?" यो एक वाक्यको मनोवाद फेस्बुक पोष्ट् गरेको पनि हप्ता भइसकेको छ।सायदै कसैले पढे होलान्। कसैले तिम्रो दिमागमा के छ भनेर सोधे , उत्तर किन दिइराख्नु ? अरू कसैले पोष्ट गरेको सामग्रीहरू सेयर गर्दैमा उसलाइ किन फरक ठान्ने ? उ प्रतिको धारणा बनाइहाल्ने ? एउटा पोष्ट वा रिपोष्ट बाट बौद्धिकताको मापन हुन्छ र? जति अध्ययन , मनन गर्यो झन बिषय बस्तु जटिल हुदै जान्छ।जो गहिराइमा डुबे उनीहरु अझै निष्कर्षमा पुगेका छैनन् जो पानी माथी छन् उसले फैसला निचोड दिइसक्छन। तिनीहरु भन्छन आफ्नो तस्बिर प्रोफाइलमा नराखे उसमा आत्मविश्वासको कमि हो भन्ने सुचक हो।गलत या सहि फरक पाटो तर मनोविज्ञानका सिद्धान्तहरु हरेक मानिसमा, फरक फरक सिद्धान्त।केहि जमातलाई आकर्षित गर्न तस्बीर किन प्रयोग गर्ने आकर्षणका विकिरणहरुको रुपमा।पहिलो त,आत्मविश्वास नै किन देखाउने समाजिक संञ्जालमा ? दोस्रो,प्राकृतिक परिवेश,पहिरन र मुद्रामा भन्दा देखावटीपना वाट सिर्जित सुचक कम्तिमा म त विश्वास गर्दिन। जुन जुन कुरा देखाइयो त्यहि मात्र सबल अरु बाँकी दुर्...