Posts

Showing posts from March, 2022

फेस्‌बुक तस्बीर अनि पोष्ट

    फेस्‌बुक तस्बीर अनि पोष्ट "मेरो उपस्थिति, हुनु र नहुनुले केहि फरक पर्छ र?" यो एक वाक्यको मनोवाद फेस्‌बुक पोष्ट् गरेको पनि हप्ता भइसकेको छ।सायदै कसैले पढे होलान्। कसैले तिम्रो दिमागमा के छ भनेर सोधे , उत्तर किन दिइराख्नु  ? अरू कसैले पोष्ट गरेको सामग्रीहरू सेयर गर्दैमा उसलाइ किन फरक ठान्ने ? उ प्रतिको धारणा बनाइहाल्ने ? एउटा पोष्ट वा रिपोष्ट बाट बौद्धिकताको मापन हुन्छ र? जति अध्ययन , मनन गर्यो झन बिषय बस्तु जटिल हुदै जान्छ।जो गहिराइमा डुबे उनीहरु अझै निष्कर्षमा पुगेका छैनन् जो पानी माथी छन् उसले फैसला निचोड दिइसक्छन। तिनीहरु भन्छन आफ्नो तस्बिर प्रोफाइलमा नराखे उसमा आत्मविश्वासको कमि हो भन्ने सुचक हो।गलत या सहि फरक पाटो तर मनोविज्ञानका सिद्धान्तहरु हरेक मानिसमा, फरक फरक सिद्धान्त।केहि जमातलाई आकर्षित गर्न तस्बीर किन प्रयोग गर्ने आकर्षणका विकिरणहरुको रुपमा।पहिलो त,आत्मविश्वास नै किन देखाउने समाजिक संञ्जालमा ? दोस्रो,प्राकृतिक परिवेश,पहिरन र मुद्रामा भन्दा देखावटीपना वाट सिर्जित सुचक कम्तिमा म त विश्वास गर्दिन। जुन जुन कुरा देखाइयो त्यहि मात्र सबल अरु बाँकी दुर्...

पहिलो पल्ट

"सुचना प्रबिधीमा स्नातक गरेको छु।टाइपिष्टको काम गर्छु म ? पक्!"  रोजगारका लागि LinkedIn मा आएका पोष्टहरु मध्ये डाटा इन्ट्रि अप्‍रेटर को बिज्ञापन माथि को मेरो मनमा आएको पहिलो प्रतिक्रिया थियो यो।  " अनि कार्य अनुभव ?" दोस्रो सोचाई आउथ्यो।  दोस्रो तर्कले मेरो ईगो क्षीण भइसकेको थिएन। मनमा अन्तर्द्बन्द्ब चलिनै रहेको थियो।कहिले लघुताभास त कहिले घमण्डता हाबि हुन्‍थ्यो।  काम केहि थिएन ।गर्ने केहि थिएन।बाहिर पानी परिरहेको थियो ।बरु टाइम पास नै सहि । मन नलाई नलाई भएपनि वेवसाइट खोले र व्यक्तिगत विवरण भर्न थालेँ।बाकि सब ठीक थियो। फसाद कहानिर भन्दा अनलाइन आबेदन संगै निबन्ध पनि लेख्नु थियो। २५० शब्द नघटाइ, नेपालीमा, त्यो सबसे गाह्रो थियो।मलाई आउने थिएन त्यतिबेला नेपालीमा टाइप गर्न।  "निबन्ध।"  एक शब्द अनि एउटा पुर्णबिराम, बस त्यति लेखेर सब्मीट गर्दिएँ।खासमा मलाई जान्‍नु थियो कि के साच्चिकै तिनिहरुले चेक गर्छन् ।  म सर्टलिष्टमा परिन।😂थाहा भयो तिनिहरुले गम्भिरतापुर्वक लिने रहेछन्।मेरो एक शब्दको निबन्ध पर्याप्त थिएन।