पहिलो पल्ट
रोजगारका लागि LinkedIn मा आएका पोष्टहरु मध्ये डाटा इन्ट्रि अप्रेटर को बिज्ञापन माथि को मेरो मनमा आएको पहिलो प्रतिक्रिया थियो यो।
" अनि कार्य अनुभव ?" दोस्रो सोचाई आउथ्यो।
दोस्रो तर्कले मेरो ईगो क्षीण भइसकेको थिएन। मनमा अन्तर्द्बन्द्ब चलिनै रहेको थियो।कहिले लघुताभास त कहिले घमण्डता हाबि हुन्थ्यो।
काम केहि थिएन ।गर्ने केहि थिएन।बाहिर पानी परिरहेको थियो ।बरु टाइम पास नै सहि । मन नलाई नलाई भएपनि वेवसाइट खोले र व्यक्तिगत विवरण भर्न थालेँ।बाकि सब ठीक थियो। फसाद कहानिर भन्दा अनलाइन आबेदन संगै निबन्ध पनि लेख्नु थियो। २५० शब्द नघटाइ, नेपालीमा, त्यो सबसे गाह्रो थियो।मलाई आउने थिएन त्यतिबेला नेपालीमा टाइप गर्न।
"निबन्ध।"
एक शब्द अनि एउटा पुर्णबिराम, बस त्यति लेखेर सब्मीट गर्दिएँ।खासमा मलाई जान्नु थियो कि के साच्चिकै तिनिहरुले चेक गर्छन् ।
म सर्टलिष्टमा परिन।😂थाहा भयो तिनिहरुले गम्भिरतापुर्वक लिने रहेछन्।मेरो एक शब्दको निबन्ध पर्याप्त थिएन।
Comments
Post a Comment